काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

रुसद्वारा मूल्य सीमा प्रयोग गर्ने देशलाई तेल बिक्रीमा प्रतिबन्ध

9.14K
shares

रुसले यस महिनाको सुरुमा पश्चिमी राष्ट्रहरूले सहमति गरेको मूल्य सीमाको पालना गर्ने देशहरू र कम्पनीहरूलाई तेल बिक्रीमा प्रतिबन्ध लगाएको छ । जी ७ राष्ट्रहरूको समूह, अष्ट्रेलिया र इयुसँग सहमत भएको मूल्य सीमा डिसेम्बर ५ मा लागु भएको थियो ।

क्यापले देशहरूलाई रूसी तेलको प्रति ब्यारेल ६० डलरभन्दा बढी तिर्न निषेध गर्दछ । रुसले अब आफ्नो तेल र तेल उत्पादनहरू मूल्य सीमा लगाउने कसैलाई बिक्री नगर्ने बताएको छ ।

राष्ट्रपतिको आदेशमा यो प्रतिबन्ध फेब्रुवरी १ देखि जुलाई १ सम्म पाँच महिनासम्म लागू हुने बताएको छ ।

आदेशमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले प्रतिबन्धमा परेका देशहरूलाई आपूर्ति गर्न विशेष अनुमति दिन सक्ने पनि भनिएको छ।