सुनको मूल्यमा वृद्धि, चाँदीको स्थिर
वि.सं.२०७९ पुस १२ मंगलवार ११:३२
shares

मंगलबार नेपाली बजारमा सुनको मूल्य बढेको छ भने चाँदीको स्थिर रहेको छ । सोमबार स्थिर रहेको सुनको मूल्यमा आज भने सामान्य वृद्धि भएकाे हाे ।
आज छापावाल सुन प्रतितोला १ लाख ७ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । सोमबार छापावाल सुन प्रतितोला १ लाख ५ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी, मंगलबार चाँदीको मूल्य भने स्थिर रहेको छ । आज चाँदी प्रतितोला १ हजार ३९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएकाे छ ।

























