भाटभटेनीमा नेपाल पे क्युआरबाट भुक्तानी गर्दा १० प्रतिशत क्यासब्याक
वि.सं.२०७९ पुस ११ सोमवार १४:३१
shares

भाटभटेनी सुपरमार्केटका ग्राहकहरूले अब नेपाल पे क्युआर स्क्यान गरी भुक्तानी गर्दा १० प्रतिशत (अधिकतम १०० रुपैयाँ सम्मको) क्यासब्याक प्राप्त गर्न सक्नेछन् ।
यो अफर नेपाल भरीका भाटभटेनीका शाखाहरूमा पुस १० गतेदेखि माघ १० गतेसम्म उपलब्ध हुने कम्पनीले जनाएको छ । डायनामिक क्युआरको रुपमा हालै उक्त डिपार्टमेन्ट स्टोरमा जडान भएको नेपाल पे क्युआर ग्राहकले आफ्नो मोबाइल बैंकिङ वा वालेट अथवा कनेक्ट आइपीएस मोबाइल एपबाट सजिलै स्क्यान गरी भुक्तानी गर्न सक्नेछन् ।
भाटभटेनीमा नेपाल पे क्युआरको सेवा माछापुच्छ्रे बैंक, हिमालयन बैंक तथा मोको फोकसवान् सोलुसन्सकाे सहकार्यमा सुरू गरेको कम्पनीको भनाइ छ । देशको सबैभन्दा ठूलो रिटेल स्टोरमा लागू गरिएको उक्त अफरमार्फत नगदरहित भुक्तानीलाई थप प्रोत्साहन हुने कम्पनीको विश्वास छ ।

























