काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

टाटा मेगा सर्भिस क्याम्पको उद्घाटन

8.67K
shares

टाटा मोटर्सको नेपालस्थित आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले आफ्ना १२ वटा विभिन्न ग्राहक सेवा केन्द्रमा मेगा सर्भिस क्याम्पको सुरुवात गरेको छ ।

यी केन्द्रहरूमध्ये तीन वटा काठमाडौं उपत्यकाका बागडोल, बालकुमारी र सोल्टीमोडमा अवस्थित छन् । त्यसैगरी, बाँकी ९ वटा उपत्यका बाहिरका स्थानहरू पोखरा, इटहरी, मेची, वीरगञ्ज, ढल्केबार, हेटाैंडा, सर्रा, धनगढी, नेपालगञ्जमा रहेका छन् ।

यस क्याम्पको उद्घाटन ललितपुरस्थित बागडोलमा आयोजित एक समारोहबीच टाटा अन्तर्गतको इन्टरनेसनल बिजनेसका (पेसेन्जर भेहिकल) प्रमुख मायांक बल्दी, सिप्रदी ट्रेडिङका सीईओ राजन बाबु श्रेष्ठ, टाटाका कन्ट्री मेनेजर (नेपाल एवं भुटान) अजीत नारायण सिंह, सिप्रदीका सीओओ राजेश प्रसाद गिरी र सिप्रदीका उपाध्यक्ष सौरभराज थपलियाले संयुक्त रुपमा गरेका हुन् ।

यस तीन दिने क्याम्पमा टाटाका (पेसेन्जर) श्रेणीका गाडीहरूको प्रभावकारी ढंगले आवश्यक जाँच गरिने कम्पनीले बताएको छ । यस्तो जाँच गराउदा गाडी धनीहरूले विभिन्न आकर्षक छुट एवं अन्य सुविधाहरू प्राप्त गर्नेछन् ।

म्याक लुब्रिकेन्ट, एक्साइड ब्याट्री र स्पेयर पार्ट्सको खरिदमा क्रमशः १८, १५ र १८ प्रतिशत छुटलगायत टप वाशिङ, कम्प्युटर डायग्नोसिस, सस्पेन्सन चेक-अप, ब्याट्री र इलेक्ट्रिकल चेक-अपको सुविधा पनि निःशुल्क प्रदान गरिँदैछ ।

यसको अतिरिक्त यस क्याम्पमा संजीवनी इन्जिन प्याकेज अन्तर्गतको ४ हजार रुपैयाँ नगद फिर्ताको पनि व्यवस्था छ । हाल नेपालमा टाटाका पेसेन्जर श्रेणीका गाडीहरूको बजार द्रुत गतिमा भइरहेको कम्पनीले बताएको छ ।

यस्ता गाडीहरूको ग्राहकलाई उत्कृष्ट तवरले सेवा प्रदान गर्ने मुख्य उद्देश्यसहित मेगा सर्भिस क्याम्पको आयोजना गरेको कम्पनीको भनाइ छ ।