गृहपृष्ठ दौरा सुरुवाल लगाएर प्रधानमन्त्रीको शपथ खाँदै प्रचण्ड
दौरा सुरुवाल लगाएर प्रधानमन्त्रीको शपथ खाँदै प्रचण्ड
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दौरा सुरुवाल लगाएर प्रधानमन्त्री पदको शपथ ग्रहण गर्ने तयारी गरेका छन् ।
त्यसको तयारीका लागि आइतबारै नापो लिएर दौरा सुरुवाल सिलाउन पठाएको पारिवारीक स्रोतले बतायो । स्रोतका अनुसार सोह्रखुट्टेस्थित एक टेलरिङ सेन्टरमा उनको दौरा सुरुवाल सिलाउन दिइएको छ ।
प्रचण्डले दौरा सुरुवाल लगाएको देखिएको छैन । उनले प्रायः सुट लगाउने गरेका छन् । प्रचण्डका स्वकीय सचिव रमेश मल्लले दौरा सुरुवाल अहिलेसम्म नलगाएको बताए । मल्लले भने, ‘दौरा सुरुवाल फिट हुन्छ कि हुँदैन भनेर हेर्न बाँकी छ ।’
प्रकाशित समय : १०:५८ बजे


















