राष्ट्रिय राजनीतिको केन्द्रमा ओली, प्रधानमन्त्रीमा प्रचण्ड
वि.सं.२०७९ पुस १० आइतवार १५:५५
shares

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोटतिर, आइतबार दिउँसोदेखि सबैको ध्यान केन्द्रित छ । किन ? नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बालुवाटार छोडेर बालकोट केपी शर्मासँग छलफल गर्न पुगेपछि एकाएक सबैको ध्यान केन्द्रित भएको हो ।
बालकोटमा माओवादी अध्यक्ष प्रचण्ड मात्रै पुगेनन्, राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पनि पुगे । ओली निवास बालकोटमा छलफल चलिरहेका बेला जनमत पार्टीका अध्यक्ष सिके राउत पनि बैठकमा सामेल भए ।
अब, चुनावमा ओलीलाई पत्तासाफ बनायौँ भन्ने ‘प्रचण्ड’हरु सरणमा पुगेपछि एमाले अध्यक्ष ओली राष्ट्रिय राजनीतिको केन्द्र बनेका छन् । ओलीको निवासमा बसेको बैठकले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा सरकार बनाउने सहमति जुट्यो ।
अब, एमाले अध्यक्ष ओली शक्तिको बाँडफाँडकाे केन्द्रमा रहेका छन् ।

























