सानिमा बैंक र स्मल वर्ल्डबीच सहकार्य
वि.सं.२०७९ पुस १० आइतवार १५:४८
shares

सानिमा बैंक र स्मल वर्ल्ड फाइनान्सियल सर्भिसेसबीच युरोप-नेपाल रेमिट्यान्स सेवा सम्झौता भई सञ्चालनमा आएको छ ।
यस सम्झौताले युरोपका विभिन्न देशबाट नेपालमा सहजै रेमिट्यान्स पठाउन सकिनेछ । बैंककाा अनुसार युरोपबाट रेमिट्यान्स पठाउन स्मल वर्ल्डकाे आधिकारिक वेबसाइट वा एपको प्रयोग गर्नुपर्ने छ ।
सम्झौताअन्तर्गत सानिमा बैंकको रेमिट्यान्स सेवामार्फत युरोपबाट पठाएको रकम नेपालभर रहेकाे १६ हजारभन्दा बढी आधिकारिक प्रतिनिधिमार्फत नगदमै भुक्तानी लिन सकिनेछ । यसका साथै, युरोपबाट नेपाल पैसा पठाउँदा नेपालमा भएको सानिमा बैंकको खातालगायत कुनै पनि बैंकको खातामा २४ सै घण्टा ३६५ दिन रियल टाइममा रकम जम्मा गर्न सकिनेछ ।
सानिमा बैंकको रेमिट्यान्समार्फत यूएई, मलेसिया, कतार, यूके, सिंगापुर, दक्षिण कोरिया, अस्ट्रेलिया, अमेरिकालगायत विश्वभरबाट रेमिट्यान्स सेवा दिँदै आइरहेको छ । यसका साथै, सानिमा बैंकले आन्तरिक रेमिट्यान्स सेवा पनि दिँदै आइरहेको छ ।
सानिमा बैंकको सातै प्रदेशमा गरी जम्मा १३० कार्यालय र १२३ एटीएम सञ्जाल सञ्चालनमा रहेका छन् ।
























