काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

महाकाली नदीले बगाउँदा एक वृद्धाको मृत्यु

4.73K
shares

दार्चुलामा महाकाली नदीमा बगेर एक वृद्धाको ज्यान गएको छ ।

महाकाली नगरपालिका–४ बांगाबगर घर भएकी अन्दाजी ७० वर्षीया बिन्दा ऐतवालको नदीमा बगेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रवक्ता प्रहरी निरीक्षक गोविन्द्रप्रसाद भण्डारीले बताए ।

नदी किनारमा लुगा धुने क्रममा उनी चिप्लिएकी थिइन् । उनको शव भारतीय क्षेत्र डुमपानी भन्ने ठाउँमा फेला परेको हो ।

भारतीय प्रहरीले ढुंगाको बीचमा अड्किएको शव निकालेका थिए । मृतकको शव पोष्टमार्टम गरेर आफन्तको जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।