काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

सत्ता गठबन्धनको बैठक निष्कर्षविहीन, प्रधानमन्त्री को पहिले भन्नेमै लफडा

4.26K
shares

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठक निष्कर्षविहीन बनेको छ । भोलि पुनः बैठक बस्नेगरी आजको बैठक सकिएको सरकारका प्रवक्तासमेत रहेका ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

नयाँ सरकार गठन र शक्ति समीकरणबारे छलफल गर्न बैठक बसेको भए पनि आजको बैठक निष्कर्षमा पुग्न नसकेको उनको भनाइ छ ।

उनले सत्ता गठबन्धनकै नेतृत्वमा नयाँ सरकार बन्ने बताए ।

शनिबारको बैठक निष्कर्षविहिन सकिएपछि नेपाली कांग्रेसका नेता एवं सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नयाँ सरकार गठनबारे आइतबार सहमति हुने दाबी गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा शनिबारको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री कार्कीले गठबन्धनकै सरकार बन्ने गरी छलफल सकारात्मक भएको र भोलि सहमति सार्वजनिक गर्ने दाबी गरेका हुन् । उनले गठबन्धनका नेता को पहिले र को पछि प्रधानमन्त्री बन्ने भन्ने विषय गौण भएको र देशको हितमा सहमति हुने बताए ।

उनका अनुसार आइतबार बिहान १० बजे बस्ने बैठकले समग्र शक्ति बाँडफाँटबारे सहमति जुटाउनेछ र राष्ट्रपतिले दिएको समयसीमाभित्रै नयाँ सरकार गठनका लागि दाबी गरिनेछ ।

बैठकमा प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललगायतका नेता सहभागी थिए ।

संविधानको धारा ७६(२) अनुसार दुई वा दुईभन्दा बढी दल मिलेर सरकार गठनका लागि दावी पेश गर्न राष्ट्रपतिले दिएको ७ दिनको समयसीमा आइतबार अपरान्ह ५ बजे सकिने छ ।

तर बैठकमा सहभागी एक नेताका अनुसार गठबन्धनकै सरकार बनाउन तीनवटै दल सहमत देखिएका छन् ।

प्रधानमन्त्रीमा २/२/१ वर्षको पालो गर्ने पनि सहमति जुटेको छ । कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष प्रचण्डले २/२ वर्ष सरकारको नेतृत्व गरेपछि प्रतिनिधिसभाको कार्यकालको बाँकी एक वर्ष एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल प्रधानमन्त्री हुनेछन् ।