global ime bank Long Banner Ad
IME Pay

गृहपृष्ठ झुण्डीएको अवस्थामा श्रीमती देखेपछि बचाउन जाँदा चिप्लिएर श्रीमान‍्कै मृत्यु

झुण्डीएको अवस्थामा श्रीमती देखेपछि बचाउन जाँदा चिप्लिएर श्रीमान‍्कै मृत्यु

झुण्डीएको अवस्थामा श्रीमती देखेपछि बचाउन जाँदा चिप्लिएर श्रीमान‍्कै मृत्यु

सिन्धुपाल्चोक बलेफी गाँउपालिका ५ माथिल्लो बजारमा भर्‍याङको सिढीबाट लडी एक पुरुषको ज्यान गएको छ । झुण्डीएको अवस्थामा श्रीमतीलाई देखेपछि हल्लाखल्ला गर्दै के भयो भनि हेर्न जाँदा माथिल्लो तल्लाबाट एक्कासी तल खसेर ४५ वर्षीय शेरबहादुर श्रेष्ठको ज्यान गएको हो । सिढीबाट लडेर गम्भीर घाइते भएका श्रेष्ठको उपचारको क्रममा मृत्यु भएको हो ।

शुक्रबार पौने ९ बजेको समयमा २ तले पक्की घरको भुई तल्लामा रहेको सिलिङ पंखाको फलामको डण्डीमा तन्नाको पासो लगाई झुण्डीएको अवस्थामा श्रीमती देखेपछि एक्कासी तल झर्दा उनी लडेर घाइते भएका थिए । मृतकले अत्याधिक मात्रामा मदिरा सेवन गर्ने गरेको पाइएको प्रहरीले जनाएको छ ।

आत्महत्या प्रयास गर्ने उनकी श्रीमती ४६ वर्षकी केशरी श्रेष्ठको हाल धुलिखेल अस्पतालमा उपचार भइरहेका र अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी नायव उपरीक्षक शिव कुमार बुढाथोकीले जानकारी दिए ।

प्रकाशित समय : ०७:११ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु