काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

व्यवस्था विरोधीसँगै सपथ खाँदै सांसदहरु

9.14K
shares

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाका नवनिर्वाचित ज्येष्ठ सांसद पशुपतिशमशेर जबरालाई पद तथा गोपनीयताको शपथ गराउने छिन् ।

राप्रपाबाट समानुपातिक सांसद बनेका राणालाई आज दिउँसो राष्ट्रपति भवन शीतल निवासमा शपथ गराइनेछ । राणाको जन्म विसं १९९८ मंसिर २४ मा रहेको छ ।

सभामुखको चयन हुनुभन्दा अघि प्रतिनिधिसभाको अध्यक्षता गर्ने ज्येष्ठ सदस्यले अरू सदस्यलाई शपथ खुवाउनुपर्छ । राणाले बिहीबार दिउँसो १ बजे नयाँ बानेश्वरस्थित संसद् भवनमा नवनिर्वाचित सांसदलाई शपथ गराउने संघीय संसद् सचिवालयले जनाएको छ ।

४ मंसिरमा भएको निर्वाचनबाट २७५ सांसद निर्वाचित भएका छन् ।

प्रतिनिधिसभाको सभामुख र उपसभामुखको निर्वाचन नभएको वा दुवै पद रिक्त भएको अवस्थामा प्रतिनिधिसभाको ज्येष्ठ सदस्यले शपथ ग्रहण गराउने संवैधानिक व्यवस्था छ ।

अचम्मको संयोग के छ भने, व्यवस्था विरोधी राणाकोे काँधमा सांसदलाई सपथ गराउने संयोग परेको छ । व्यवस्था विरोधीसँग सांसदहरुले सपथ खानु स्वभाविक होला कि ? यसको केही अर्थ हुनसक्ला ? प्रश्नहरु त छन् । तर यो नितान्त प्राविधिक विषय भएको समेत बताइएको छ ।

प्रतिनिधिसभाको पहिलो बैठक प्रारम्भ भएको मितिले १५ दिनभित्र प्रतिनिधिसभाका सदस्यमध्येबाट सभामुख र उपसभामुखको निर्वाचन गर्नुपर्दछ ।