गृहपृष्ठ व्यवस्था विरोधीसँगै सपथ खाँदै सांसदहरु
व्यवस्था विरोधीसँगै सपथ खाँदै सांसदहरु
राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाका नवनिर्वाचित ज्येष्ठ सांसद पशुपतिशमशेर जबरालाई पद तथा गोपनीयताको शपथ गराउने छिन् ।
राप्रपाबाट समानुपातिक सांसद बनेका राणालाई आज दिउँसो राष्ट्रपति भवन शीतल निवासमा शपथ गराइनेछ । राणाको जन्म विसं १९९८ मंसिर २४ मा रहेको छ ।
सभामुखको चयन हुनुभन्दा अघि प्रतिनिधिसभाको अध्यक्षता गर्ने ज्येष्ठ सदस्यले अरू सदस्यलाई शपथ खुवाउनुपर्छ । राणाले बिहीबार दिउँसो १ बजे नयाँ बानेश्वरस्थित संसद् भवनमा नवनिर्वाचित सांसदलाई शपथ गराउने संघीय संसद् सचिवालयले जनाएको छ ।
४ मंसिरमा भएको निर्वाचनबाट २७५ सांसद निर्वाचित भएका छन् ।
प्रतिनिधिसभाको सभामुख र उपसभामुखको निर्वाचन नभएको वा दुवै पद रिक्त भएको अवस्थामा प्रतिनिधिसभाको ज्येष्ठ सदस्यले शपथ ग्रहण गराउने संवैधानिक व्यवस्था छ ।
अचम्मको संयोग के छ भने, व्यवस्था विरोधी राणाकोे काँधमा सांसदलाई सपथ गराउने संयोग परेको छ । व्यवस्था विरोधीसँग सांसदहरुले सपथ खानु स्वभाविक होला कि ? यसको केही अर्थ हुनसक्ला ? प्रश्नहरु त छन् । तर यो नितान्त प्राविधिक विषय भएको समेत बताइएको छ ।
प्रतिनिधिसभाको पहिलो बैठक प्रारम्भ भएको मितिले १५ दिनभित्र प्रतिनिधिसभाका सदस्यमध्येबाट सभामुख र उपसभामुखको निर्वाचन गर्नुपर्दछ ।
प्रकाशित समय : ०९:०४ बजे


















