कांग्रेस संसदीय दलको नेताका लागि आज चुनाव, देउवा र थापा प्रतिस्पर्धामा
वि.सं.२०७९ पुस ६ बुधवार ०८:२८
shares

नेपाली कांग्रेस संसदीय दलको नेता चयनका लागि आज बुधबार मतदान हुँदैछ ।
बिहान ८ बजेदेखि मतदान गर्ने कार्यतालिका छ । कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा हुने मतदान बिहान १० बजेसम्म चल्नेछ ।
मतदाताहरुलाई आफू सांसद पदमा निर्वाचित भएको प्रमाणपत्रसहित उपस्थित हुन भनिएको छ ।
यसपटक दलको नेताका लागि पार्टी सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापा प्रतिस्पर्धामा छन् ।

























