गृहपृष्ठ आहा रारा गोल्डकपमा १० टोली

आहा रारा गोल्डकपमा १० टोली

आहा रारा गोल्डकपमा १० टोली

आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको २२औं संस्करण पुस १४ देखि २३ गतेसम्म हुने भएको छ । आयोजक सहारा क्लब पोखराले मंगलबार एक विज्ञप्तिमार्फत प्रतियोगिताको मिति तय गर्दै सहभागी हुने १० टोली पनि सार्वजनिक गरेको हो ।

प्रतियोगितामा साविको विजेता नेपाल एपीएफ क्लबसहित, त्रिभुवन आर्मी फुटबल क्लब, आयोजक सहारा क्लब पोखरा, नेपाल पुलिस फुटबल क्लब, मनाङ मर्स्याङ्दी क्लब, मछिन्द्र क्लब, चर्च ब्वाइज युनाइटेड फुटबल क्लब, संकटा क्लब र धरान फुटबल क्लब र अमेरिकाको बिवाईएससीले सहभागिता जनाउने छन् ।

आयोजकले पोखरा रंगशालामा हुने प्रतियोगिताको पुरस्कार राशिमा वृद्धि गरिएको जनाएको छ । यस पटकको विजेताले १२ रुपैयाँ लाख पाउने भएको छ । अघिल्लो संस्करणको विजेताले १० लाख रुपैयाँ प्राप्त गरेको थियो ।

उपविजेतालाई ६ लाख रुपैयाँ दिइने भएको छ । अघिल्लो संस्करणको उपविजेताले पाँच लाख रुपैयाँ प्राप्त गरेको थियो । अघिल्लो संस्करणमा नेपाल एपीएफले मनाङ मर्स्याङ्दीलाई हराउँदै उपाधि जितेको थियो ।

प्रकाशित समय : ०७:०६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु