गृहपृष्ठ महालक्ष्मी लाइफ इन्स्योरेन्सद्वारा ‘महिला सशक्तीकरणमा-महालक्ष्मी लाइफ’ सुरू

महालक्ष्मी लाइफ इन्स्योरेन्सद्वारा ‘महिला सशक्तीकरणमा-महालक्ष्मी लाइफ’ सुरू

महालक्ष्मी लाइफ इन्स्योरेन्सद्वारा ‘महिला सशक्तीकरणमा-महालक्ष्मी लाइफ’ सुरू

‘युवासँग-महालक्ष्मी लाइफ’को सफलता पछि महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले ‘महिला सशक्तिकरणमा-महालक्ष्मी लाइफ’ कार्यक्रमको सुरू गरेको छ ।

कम्पनीका अध्यक्ष मनोरञ्जन रमण शर्माले गत मंगलबार चितवनको सौराहामा आयोजित कार्यक्रमको उद्घाटन गरेका छन् । कार्यक्रममा देशभरीबाट शाखा/उपशाखा प्रमुख र अधिकृतसमेत गरी ७५ जनाको उपस्थिति रहेको थियो ।

समारोहमा अध्यक्ष शर्माले कम्पनीले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत महिला सशक्तीकरणको लागि कार्यक्रम सञ्चालन गर्न लागेको बताए । समाजमा पिछडिएका तथा आर्थिक रुपमा कमजोर रहेका महिलाको उत्थान नभई समाज र देशको उन्नति पनि नहुने भएकोले उनीहरुलाई अगाडि बढाउने यस्ता कार्यक्रम फलदायी हुने विश्वास अध्यक्ष शर्माले बताए ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईले यस कार्यक्रमको विस्तृत अवधारणा र महिला सशक्तीकरणमा कार्यक्रमले पार्ने प्रभावको बारेमा जानकारी गराए । ‘देशमा महिलाको जनसंख्या पुरुषको दाँजोमा बढ्दै गइरहेकाले उनीहरुलाई सक्षम र आर्थिक रुपमा सवल नबनाई देश अघि बढ्न सक्दैन,’ उनले भने । महिलाहरुलाई तालिम दिई रोजगारीमार्फत आय आर्जनको बाटोमा अग्रसर गराउन यो कार्यक्रम उपयोगी र फलदायी हुने प्रमुख कार्यकारी अधिकृत भट्टराईले बताए ।

आर्थिक वर्ष २०७९/८० भित्र परीक्षणको रुपमा सञ्चालन हुने यो कार्यक्रम ३० जिल्लामा सञ्चालन गरिने कम्पनीले जनाएकाे छ । यो कार्यक्रममार्फत ६० जना महिलालाई प्रत्यक्ष रोजगारी र ३,००० भन्दा बढीलाई अप्रत्यक्ष रोजगारी दिने लक्ष्य लिइएको छ । यो कार्यक्रममा सरकारी, गैरसरकारी निकायसँग समन्वय गरी महिलालहरुलाई तालिम दिने, रोजगारीको लागि बिमालगायत विभिन्न कार्यमा संलग्न गराउने र नियमित अभिप्रेरित गर्ने कार्यक्रम रहेको छ ।

प्रकाशित समय : १३:४७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु