global ime bank Long Banner Ad
Global IME
nmb bank

गृहपृष्ठ बलिउड अभिनेता विवेक ओवरायद्वारा अन्नपूर्ण केबुलकारको भ्रमण

बलिउड अभिनेता विवेक ओवरायद्वारा अन्नपूर्ण केबुलकारको भ्रमण

बलिउड अभिनेता विवेक ओवरायद्वारा अन्नपूर्ण केबुलकारको भ्रमण

बलिउड अभिनेता विवेक ओवरायले अन्नपूर्ण केबलकारको भ्रमण गरेका छन् । गत बुधबार नेपाल भ्रमणमा आएका अभिनेता ओवरायले आइतबार परिवारसहित केबलकारको भ्रमण गरेका हुन् ।

परिवारसहित पोखरामा रहेको अन्नपूर्ण केबरकारबाट सेदीदेखि साराङकाेटसम्म यात्रा गरेका हुन् । केबलकार यात्राको क्रममा देखिने पोखराका तालतलैया र अन्य मनोरम दृश्यहरुबाट अत्यन्त आनन्दको अनुभव भएको उनले सुनाए । अभिनेता ओवरायलाई अन्नपूर्ण केबरकारका बजार प्रबन्धक अरुण कोइरालाले केबलकारमा स्वागत गरेका थिए ।

करिब एक वर्षअघि पोखराको सेदीदेखि साराङकाेटसम्म सञ्चालनमा आएको अन्नपूर्ण केबलकार पोखरा आउने स्वदेशी तथा विदेशी पर्यटकहरुका लागि आकर्षक गन्तव्य बनेको छ । केबलकार बिहान ५ बजेदेखि साँझ साढे ५ बजेसम्म सञ्चालनमा रहने हुँदा साराङकाेटबाट सूर्याेदय हेर्न चाहने पर्यटकहरुका लागि समेत थप सहज भएको छ ।

प्रकाशित समय : १३:२३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु