गृहपृष्ठ एनएमबी बैंकको ‘अपन एनएमबी बचत खाता’मा उच्चतम ब्याजदर
एनएमबी बैंकको ‘अपन एनएमबी बचत खाता’मा उच्चतम ब्याजदर
मधेश प्रदेशमा बचत प्रोत्साहन गर्ने उद्देश्य लिएर एनएमबी बैंकले ९.१३३ प्रतिशत उच्चतम ब्याजदर प्रदान गरिने ‘अपन एनएमबी बचत खाता’ सञ्चालनमा ल्याएको छ ।
उच्चतम ब्याजदर प्रदान गर्नुका साथै बैंकले ग्राहकहरुलाई निःशुल्क डेबिट, क्रेडिट, डलर कार्ड, निःशुल्क डिम्याट, मेरोसेयर, आस्बा सेवालगायत अन्य थुप्रै आकर्षक सुविधा पनि प्रदान गर्नेछ ।
बैंक दि फिनान्सियल टाइम्स, लण्डनको ‘द ब्यांकर’ पत्रिकाद्वारा एसियाकै सर्वोत्कृष्ट बैंकको उपाधि ‘बैंक अफ दि इयर एसिया २०२१’बाट सम्मानित भइसकेकाे छ । एनएमबी बैंकले २०१७, २०१८, २०२० र २०२१ लागि पनि उक्त पत्रिकाद्वारा चारपटक नेपालकै उत्कृष्ट बैंकको उपाधि ‘बैंक अफ दि इयर नेपाल’ प्राप्त गरिसकेकको छ ।
२६ वर्षदेखि अनवरत रुपमा बैंकिङ सेवा सुविधा प्रदान गर्दै आएको याे बैंकले हाल देशभरी २०१ शाखा, १३८ एटीएम र ११ एक्सटेन्सन काउन्टरमार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ ।
प्रकाशित समय : १२:४१ बजे


















