सुनचाँदीको मूल्य घट्यो
वि.सं.२०७९ पुस ५ मंगलवार ११:३७
shares

नेपाली बजारमा मंगलबार सुन र चाँदीको मूल्य घटेको छ । आज छापावाल सुनको मूल्य तोलामा १०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।
महासंघका अनुसार आज छापावाल सुन तोलाको एक लाख ४०० रुपैयाँमा कारोबार भइरहेकाे छ । सोमबार एक लाख ५०० रुपैयाँमा कारोबार भएको थियो । मंगलबार तेजाबी सुन तोलाको ९९ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ ।
यस दिन चाँदीको मूल्य पनि तोलामा पाँच रुपैयाँले घटेको छ । चाँदी तोलाको एक हजार ३७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

























