गृहपृष्ठ बग्दादमा आइएसको हमला, ९ सुरक्षाकर्मी मारिए

बग्दादमा आइएसको हमला, ९ सुरक्षाकर्मी मारिए

बग्दादमा आइएसको हमला, ९ सुरक्षाकर्मी मारिए

उत्तरी इराकमा भएको बम र बन्दुक आक्रमणमा परी कम्तीमा नौ प्रहरी अधिकारीको मृत्यु भएको छ ।

राजधानी बगदादबाट करिब २९० किलोमिटर टाढा रहेको किर्कुक सहरनजिकै आइतबार उक्त आक्रमण भएको हो । चालाल अल-मातार गाउँ नजिकै प्रहरी बोकेको ट्रकलाई लक्षित गरी आइतबारको आक्रमण भएको अधिकारीहरूले बताएका छन् ।

अतिवादी समूह इस्लामिक स्टेटले आक्रमणको जिम्मेवारी लिएको छ । यसअघि बुधबार बग्दादनजिकै तीन इराकी सैनिकको ज्यान जाने गरी सडकको छेउमा बम विष्फोट गराएको थियो

प्रकाशित समय : ०८:१७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु