गृहपृष्ठ पाँच संस्थाको पहलमा टीभीईटी इन्डस्ट्री काउन्सिल स्थापना

पाँच संस्थाको पहलमा टीभीईटी इन्डस्ट्री काउन्सिल स्थापना

पाँच संस्थाको पहलमा टीभीईटी इन्डस्ट्री काउन्सिल स्थापना

काठमाडौं । नेपालका पाँच निजी क्षेत्रका प्रतिनिधिमूलक संस्थाको पहलमा ‘टीभीईटी इन्डस्ट्री काउन्सिल (टीआईसी)’ स्थापना गरिएको छ । नेपाल उद्योग परिसंघ, नेपाल निर्माण व्यवसायी महासंघ, नेपाल घरेलु तथा साना उद्योग महासंघ, नेपाल महिला उद्यमी महासंघ र होटेल संघ नेपालको संयुक्त पहलमा टीआईसी स्थापना गरिएको हो ।

बुधबार (भदौ १०) राजधानीमा आयोजित कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य रेशु अर्याल ढुंगाना, नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डे, नेपाल लघु, घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष शोभा गुरुङ, नेपाल महिला उद्यमी महासंघका अध्यक्ष दर्शना श्रेष्ठ, होटेल संघ नेपालका अध्यक्ष विनायक शाह र नेपाल निर्माण व्यवसायी महासंघका उपमहासचिव मंगल शाहीले संयुक्त रूपमा टीआईसीको उद्घाटन गरे ।

नेपालको प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम प्रणालीलाई उद्योगमैत्री, मागमा आधारित सीपयुक्त दक्ष जनशक्ति उत्पादन गर्ने प्रमुख उद्देश्यसहित टीआईसी स्थापना गरिएको हो । कम्पनी रजिस्ट्रारको कार्यालयमा दर्ता भएको यो संस्थाले उद्योगको आवश्यकता र श्रमबजारको मागानुसार दक्ष जनशक्ति विकास गर्न सरकार, उद्योग, टीभीईटीप्रदायक संस्था र अरू सरोकारवालाबीच सहकार्य तथा आवश्यक समन्वय गर्नेछ ।

टीआईसीले संघीय, प्रदेश तथा स्थानीय सरकार, उद्योग, सीटीईभीटी, एनएभीटी, टीभीईटीप्रदायक संस्था, विश्वविद्यालय, वस्तुगत संघ, सेक्टर स्कील कमिटी तथा विकास साझेदारसँग सहकार्य गर्दै नीति निर्माण, योजना, मापदण्ड विकास, पाठ्यक्रम सुधार, प्रमाणीकरण, प्रशिक्षार्थी कार्यक्रम, श्रमबजार अनुसन्धान तथा जनशक्ति विकासमा रोजगारदाताहरूका तर्फबाट सामूहिक रूपमा काम गर्नेछ ।

प्रकाशित समय : १४:२८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु