गृहपृष्ठ बाढीका कारण २७० जनाको मृत्यु, रसुवामा २८ प्रहरी अझै सम्पर्कविहीन

बाढीका कारण २७० जनाको मृत्यु, रसुवामा २८ प्रहरी अझै सम्पर्कविहीन

बाढीका कारण २७० जनाको मृत्यु, रसुवामा २८ प्रहरी अझै सम्पर्कविहीन

काठमाडौं । रसुवा जिल्ला तथा आसपासका क्षेत्रमा आएको भीषण बाढीका कारण हालसम्म विभिन्न जिल्लाबाट २७० जनाको शव फेला परेको छ । प्रभावित क्षेत्रहरूमा खोज, उद्धार तथा राहत कार्यलाई प्रभावकारी बनाउन हाल ४ हजार ५० जना प्रहरी परिचालन गरिएको छ । विपद्मा परेर रसुवाका विभिन्न प्रहरी इकाइहरूमा कार्यरत २८ जना सुरक्षाकर्मी अझै सम्पर्कविहीन अवस्थामा रहेका छन ।

बाढीका कारण ज्यान गुमाउनेहरूमध्ये सबैभन्दा बढी चितवनमा १०८ जनाको शव फेला परेको छ। यस्तै नवलपरासी (पूर्व) मा ६२, धादिङमा २७, गोरखामा २०, रसुवामा १७, नवलपरासी (पश्चिम) मा १५, नुवाकोटमा १२ र तनहुँमा ९ जनाको शव फेला परेको छ ।

बाढी प्रभावित रसुवा जिल्लामा कार्यरत सुरक्षाकर्मीहरूसमेत ठूलो संख्यामा सम्पर्कविहीन छन् । इलाका प्रहरी कार्यालय टिमुरेमा कार्यरत २३ जनामध्ये १३ जना र प्रहरी चौकी रसुवागढीमा कार्यरत ९ जनामध्ये १ जना मात्र सम्पर्कमा आएका छन् । यसैगरी स्यापुर्बेँसी चौकीका ८ मध्ये ५, अस्थायी प्रहरी पोष्ट मैलुङका ८ मध्ये ३, बेत्रावती चौकीका १० मध्ये ९ तथा हाकु चौकीका ६ मध्ये ५ जना सम्पर्कमा आएका छन् भने बाँकी २८ जना प्रहरी अझै सम्पर्कमा आउन सकेका छैनन् ।

बाढीका कारण घाइते भएका ६६ जनामध्ये १४ जना उपचारपछि डिस्चार्ज भइसकेका छन् । बाँकी घाइतेहरूको काठमाडौँका विभिन्न अस्पतालहरूमा उपचार भइरहेको छ, जसमा त्रि.वि. शिक्षण अस्पताल महाराजगञ्जमा २६ जना, राष्ट्रिय ट्रमा सेन्टरमा २० जना, वीर अस्पतालमा २ जना, नर्भिक अस्पतालमा २ जना तथा वीरेन्द्र सैनिक अस्पताल र मनमोहन अस्पतालमा १–१ जनाको उपचार जारी छ । प्रभावित क्षेत्रमा उद्धार तथा बेपत्ताहरूको खोजी कार्य तीव्र रूपमा भइरहेको छ ।

प्रकाशित समय : १५:०३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु