nmb bank

गृहपृष्ठ विश्व इतिहासमा आजः राष्ट्रपति बन्ने पहिलो विपक्षीदेखि ट्रम्पमाथि महाअभियोगसम्म

विश्व इतिहासमा आजः राष्ट्रपति बन्ने पहिलो विपक्षीदेखि ट्रम्पमाथि महाअभियोगसम्म

विश्व इतिहासमा आजः राष्ट्रपति बन्ने पहिलो विपक्षीदेखि ट्रम्पमाथि महाअभियोगसम्म

आज १८ डिसेम्बर, २०२२ । विश्व इतिहासमा सदा झै आज पनि सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए । प्रस्तुत छ आज भएका केही घटनाक्रमः

राष्ट्रपति बन्ने पहिलो विपक्षी नेता 
सन् १९९७ मा दक्षिण कोरियाको राष्ट्रपतिमा किम डे–जुङ विजयी भएर इतिहास रचेका थिए । उनी राष्ट्रपति बन्ने पहिलो विपक्षी नेता हुन् ।

न्यु जर्सी तेस्रो राज्य
१७८७– न्यु जर्सी संयुक्त राज्य अमेरिकाको तेस्रो राज्य बनेको थियो । अमेरिकी संविधानलाई पारित गरेपछि न्यु जर्सी अमेरिकी राज्य बनेको थियो ।

ट्रम्पमाथि महाअभियोग
सन् २०१९– अमेरिकी तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभले डोनाल्ड ट्रम्पमाथि महाअभियोग लगाएको थियो । पदको दुरुपयोग र संसद अवरोध गरेको आरोपमा उनीमाथि महाअभियोग लगाइएको थियो । अमेरिकी इतिहासमा हाउस अफ रिप्रिजेन्टेटिभबाट महाअभियोग लाग्ने ट्रम्प तेस्रो राष्ट्रपति हुन् ।

विश्वको पहिलो सञ्चार उपग्रह प्रक्षेपण
सन् १९५८–विश्वको पहिलो सञ्चार उपग्रह प्रक्षेपण भएको थियो । अमेरिकाको फ्लोरिडाको केप क्यानाभेरलबाट उपग्रह प्रक्षेपण भएको थियो ।

प्रकाशित समय : ०८:३१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु