गृहपृष्ठ कामना सेवा विकास बैंकले सुरु गर्यो एससीटी-युपीआई डेबिट कार्ड सेवा
कामना सेवा विकास बैंकले सुरु गर्यो एससीटी-युपीआई डेबिट कार्ड सेवा
कामना सेवा विकास बैंकले एससीटी-युपीआई डेबिट कार्ड सेवा सुरू गरेको छ । बैंकले शुक्रबारबाट औपचारिक रुपमा एससीटी-युपीआई डेबिट कार्ड सेवा सुरू गरेको हाे ।
बैंकका नायव महाप्रबन्धक लाल बहादुर थिङ र स्मार्टच्वाइस टेक्नोलोजिका प्रमुख कार्यकारी अधिकृत नारायण प्रकाशले संयुक्त रुपमा उक्त सेवाको सुरुवात गरेका थिए । यसपश्चात स्मार्टच्वाइस टेक्नोलोजिज र कामना सेवा विकास बैंक बच एससीटी-युपीआई डेबिट कार्ड प्रयोगको क्षेत्रमा सहकार्य भएको छ ।
एससीटी सञ्जालको प्रयोगबाट ग्राहकले नेपाल तथा भारतभित्र एटीएम, पीओएसकेजस्ता सेवा सजिलै लिन सक्ने सुविधा प्राप्त हुने बैंकले जनाएको छ ।
प्रकाशित समय : १८:३५ बजे


















