काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

एसिया यू-१८ रग्बिमा नेपालले भारतलाई हरायो

6.66K
shares

एसिया रग्बिको आयोजना र नेपाल रग्बि संघको व्यवस्थापनमा शनिबारदेखि काठमाडौंमा सुरु भएको एसिया रग्बि यू–१८ सेभेन्स च्याम्पियनसिपमा नेपाली पुरुष टोलीले भारतमाथि ऐतिहासिक जित निकालेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार पुल ए अन्तर्गत अन्तिम खेलमा नेपालले भारतलाई १२-१० को स्कोरले पराजित गरेको हो ।

सुरुवाती दुई खेल हारेको नेपालले उपाधि दाबेदार भारतलाई पराजित गर्दै जितको खाता खोलेको हो । शनिबार भएको पहिलो खेलमै थाइल्याण्डसँग १५–७ ले पराजित भएको नेपाल दोस्रो खेलमा मलेसियासँग ३४–० ले पराजित भएको थियो ।

पुल ए मा मलेसियाले तीनवटै खेल जित्दा नेपाल, भारत र थाइल्याण्डले समान एक खेल जिते । तर स्कोरको आधारमा भारत दोस्रो र थाइल्याण्ड तेस्रो स्थानमा रहँदा नाल चौथो स्थानमा रह्यो ।

नेपालले अब प्लेट च्याम्पियनसिप सेमिफाइनलमा पुल बी को तेस्रो स्थानमा रहेको चाइनिज ताइपेईसँग आइतबार खेल्नेछ ।