काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

इंग्ल्यान्डलाई हराउँदै साविक विजेता फ्रान्स सेमिफाइनलमा

7.83K
shares

इंग्ल्यान्डलाई २–१ गोलअन्तरले पराजित गर्दै साविक विजेता फ्रान्स कतारमा जारि फिफा विश्वकप २०२२ को सेमिफाइनल प्रवेश गरेको छ ।

अल बायट रंगशालामा सम्पन्न खेलमा फ्रान्सलाई जित दिलाउन अउरेलिन चोआमेनी र आलिभर जिरुडले गोल गरे ।

खेलको १७औं मिनेटमा चोआमेनीले गोल गर्दै फ्रान्सलाई अग्रता दिलाएका थिए । पहिलो हाफमा लिएको अग्रता बचाउन नसक्दा ह्यारि केनले ५४औं मिनेटमा पेनाल्टी मार्फत बराबरी गोल फर्काए ।

चोआमेनीले वेलिङघामलाई फाउल गरेपछि फ्रान्सले पेनाल्टी पाएको थियो । सोहि पेनाल्टीलाई सददुपयोग गर्दै केनले बराबरी गोल फर्काएका थिए । तर, केन दोस्रो पटकको पेनाल्टीमा चुक्दा इंग्ल्यान्डको यात्रा क्वाटरफाइनलमा टुंगिएको हो ।

अब फ्रान्सले सेमिफाइनलमा मोरक्कोको सामना गर्नेछ । मोरक्को पोर्चुगललाई हराएर सेमिफाइनलमा प्रवेश गरिसकेको छ ।