काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

स्पेनलाई हराउँदै मोरक्को क्वाटरफाइनलमा

11.59K
shares

स्पेनलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै मोरक्को विश्वकप इतिहासमै पहिलो पटक क्वार्टरफाइनलमा प्रवेश गरेको छ । गोलकिपर बोनोले पेनाल्टी सुटआउटमा दुई प्रहार जोगाएपछि मोरक्को कीर्तिमान रच्न सफल भएको हो । स्पेन भने लगातार दोस्रो विश्वकपमा पेनाल्टी सुटआउटको सिकार बन्यो ।

कतारको दोहास्थित एजुकेसन सिटी रंगशालामा निर्धारित ९० मिनेट र थपिएको ३० मिनेटमा कुनै गोल नभएपछि खेल पेनाल्टी सुटआउटमा धकेलिएको थियो । पेनाल्टीमा मोरक्को ३–० ले जित निकाल्न सफल भयो । अफ्रिकाबाट अन्तिम आठमा मोरक्कोले मात्रै स्थान बनाएको छ ।

मोरक्कोका गोलकिपर बोनोले स्पेनका कार्लोस सोलर र कप्तान सजिर्र्यो बुस्केट्सको प्रहार जोगाएका थिए । पाब्लो साराबियाको पहिलो पेनाल्टी प्रहार पोस्टमा लागेको थियो ।

मोरक्कोका अब्देसअहमद साबिरी र हकिम जियाचले गोल गरे । बदर बिनुनको प्रहार स्पेनिस गोलकिपर युनाई सिमोनले रोकेपनि अचरफ हकिमीले चौथो प्रहार गोल गरेपनि मोरक्को विजयी भएको थियो । पूर्व विजेताविरुद्ध मोरक्को डिफेन्सिभ खेलमा सफल भएको थियो ।