काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

दार्चुला घटना : सरकारले भारतलाई पठायो कूटनीतिक नोट

8.4K
shares

दार्चुलामा भारतले महाकाली नदीको धार नेपाली बस्तीतिर फर्काएर अनधिकृत संरचना बनाएको र चारजना नेपालीमाथि ढुंगा प्रहार गरेको विषयमा नेपाल सरकारले भारत सरकारलाई कूटनीतिक नोट पठाएको छ ।

आइतबार नेपाली र भारतीय नागरिकबीच नदीको धार नेपाली बस्तीतिर फर्काएको विषयमा भएको विवादले झडपको रूप लिएको थियो । जसमा सीमा पारिबाट आएको ढुंगा लागेर विद्यालयमा खेलिरहेका चारजना बालक घाइते भएका थिए ।

घटनाको दुई दिनपछि परराष्ट्र मन्त्रालयले दार्चुलामा भएको भारतीय ज्यादतीबारे मंगलबार भारतलाई कूटनीतिक नोट पठाएको हो । कूटनीतिक नोट काठमाडौंस्थित भारतीय दूतावासमार्फत भारतको नयाँ दिल्लीस्थित विदेश मन्त्रालयलाई पठाइएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

पत्रमा दार्चुलामा त्यस्ता घटना दोहोरिन नदिन, भारतलाई एकतर्फी संरचना बनाउन नदिन र बनाउनै परे दुवै देशका प्राविधिक टोलीबाट अध्ययन गरेर तथा सहमति कायम गर्नका लागि पहल गर्न अनुरोध गरिएको थियो ।