गृहपृष्ठ सानिमा बैंकको मोबाइल बैंकिङ योजना : १८ जोडीलाई सौराहा भ्रमणको अवसर

सानिमा बैंकको मोबाइल बैंकिङ योजना : १८ जोडीलाई सौराहा भ्रमणको अवसर

सानिमा बैंकको मोबाइल बैंकिङ योजना : १८ जोडीलाई सौराहा भ्रमणको अवसर

सानिमा बैंकले यही मंसिर २१ गते १८औं वार्षिकोत्सव मनाउँदै छ । यस अवसरमा सानिमा बैंकले एफ१ सफ्टसँग सहकार्य गरी आफ्ना ग्राहकहरुका लागि मोबाइल बैंकिङ योजना सार्वजनिक गरेको छ ।

उक्त योजनाअन्तर्गत १८ जना जोडीले सौराहा भ्रमणको अवसर प्राप्त गर्न सक्नेछन् । भ्रमणका लागि योग्य हुन ग्राहकहरुले मोबाइल बैंकिङबाट ५ वटा विभिन्न कारोबार गर्नुपर्ने हुन्छ । उक्त कारोबारहरु २०० रूपैयाँभन्दा बढी र कम्तिमा एउटा टपअप समावेश हुनुपर्नेछ ।

ग्राहकहरुले मोबाइल बैंकिङ एप प्रयोग गरी टपअप, फन्ड ट्रान्सफर, लोड वालेट, क्यूआर पेमेन्ट, युटिलिटी पेमेन्ट जस्ता कारोबारहरु गर्न सक्नेछन् । यो योजना २०७९ मंसिर २१ देखि पुस ९ गतेसम्म १८ दिनका लागू हुनेछ । योजना अवधि भर ग्राहकहरुले सानिमा मोबाइल बैंकिङमार्फत गरेका कारोबारहरुलाई समावेश गरिने छ ।

यस योजनाले डिजिटल भुक्तानीलाई प्रोत्साहन गरी दीर्घकालीन रूपमा नगदको प्रयोग घट्ने बैंकको विश्वास छ । सानिमा बैंकको देशका सातै प्रदेशमा १३० वटा कार्यालय तथा १२३ वटा एटीएम सञ्चालनमा रहेका छन् ।

प्रकाशित समय : १७:३३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु