काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

देउवालाई शशांकको रेडिमेट जवाफ

13.4K
shares

फाइल फोटो । क्रमशः सभापति शेरबहादुर देउवा र शशांक कोइराला  

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेता डा. शशांक कोइराला भेट भएको छ । मंगलबार, प्रधानमन्त्री निवास बालुवाटारमा भेट भएको हो ।

प्रधानमनत्रीको सचिवालयका अनुसार, देउवाले नेता कोइरालासँग आफुलाई संसदीय दलको नेता चुन्न सहयोग गर्नुपर्ने कुरा दर्शाएका थिए ।

देउवाले सहयोग गर्ने कुरा उठाउँदा कोइरालाले ‘सल्लाह गरौंला नि’ भनेर जवाफ फर्काएको कोइरालाका स्वकीय सचिव भरत तिवारीले बताए । देउवा र कोइरालाको पुनः संवाद हुने जनाइएको छ ।

यसअघि शशांक कोइरालाले पनि संसदीय दलको नेता उठ्ने बताएका थिए ।  कांग्रेस महामन्त्री गगन थापाले पनि संसदीय दलको नेतामा उठ्ने घोषणा गरिसकेका छन् ।