काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

‘पोर्चुगल पठाईदिन्छु’ भनी २७ लाख ठगी गर्ने पक्राउ

8.86K
shares

पोर्चुगल पठाईदिन्छु भनी रकम ठगी गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् । झापा कन्काई नगरपालिका-७ घर भई हाल भक्तपुर गठ्ठाघर बस्ने ३८ वर्षीय सञ्जिव आचार्यलाई मंगलबार प्रहरीले पक्राउ गरेको हाे ।

पोर्चुगल पुगेपछि प्रतिष्ठित कम्पनीमा काममा लगाइदिने र प्रतिव्यक्ति १२ लाख रूपैयाँ लाग्ने बताउँदै  प्रलोभनमा पारी पीडितहरूबाट २७ लाख रूपैयाँ ठगी गरी सम्पर्कविहीन भएका आचार्यलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले भक्तपुर, गठ्ठाघरबाट पक्राउ गरेको हो ।

उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौं पठाइएको प्रहरीले जनाएकाे छ ।