global ime bank Long Banner Ad

गृहपृष्ठ बैंकिङ कसुरकाे आराेपमा एक जना पक्राउ

बैंकिङ कसुरकाे आराेपमा एक जना पक्राउ

बैंकिङ कसुरकाे आराेपमा एक जना पक्राउ

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् ।

सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी १४ का ४४ वर्षीय चानषबहादुर गिरीलाई आइतबार काठमाडौंस्थित सुकेधाराबाट पक्राउ गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

५ लाख ५० हजार रुपैयाँ बिगो रहेको बैंकिङ कसुरमा गत साउन २६ गते पाटन उच्च अदालतबाट अनुमति लिई प्रहरीले खोजिरहेकोमा आइतबार दिउँसो पक्राउ गरेको हो ।

पक्राउ परेलगत्तै आवश्यक अनुसन्धानका लागि प्रहरी वृत्त बौद्ध पठाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित समय : १६:४९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु