काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

‘थ्रेस होल्ड’ नकट्दा चार सिट गुमाउँदै एकीकृत समाजवादी

7.58K
shares

आम निर्वाचन ०७९ मा प्रतिनिधिसभातर्फ समानुपातिकमा एकीकृत समाजवादीले ‘थ्रेस होल्ड’ कटाउन नसक्दा चार सिट गुमाउने भएको छ ।

प्रतिनिधिसभातर्फ समानुपातिकमा एक करोड चार लाख २० हजार १२५ मत सदर भएकाे छ । एकीकृत समाजवादीले उक्त सदर मतको ३ प्रतिशत मत कटाउन नसक्दा चार सिट गुमाउने लगभग निश्चित भएको हो ।

सोमबार मध्याह्नसम्म उक्त पार्टीले दुई लाख ९४ हजार ३६२ मत पाएको छ । त्यसमा थप १८ हजार २४२ मत पाएको भए थ्रेसहोल्ड कटाएर उक्त पार्टीले पनि समानुपातिकमा सिट पाउन सक्थ्यो ।

थोरै मतान्तरले मात्र समानुपातिकमा ठूलो क्षति व्यहोर्ने दल बनेको एकीकृत समाजवादीले प्रत्यक्षतर्फ भने १० सिट जितेको छ ।