काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

बेनेलीको एक्सक्लुसिभ शोरुम पोखरामा

7.92K
shares

बेनेली मोटरसाइकलको एकमात्र आधिकारिक वितरक केटीएम इन्टरनेशनल ट्रेडिङ प्रालिले पोखराको नयाँबजारमा बेनेली मोटरसाइकलको नयाँ एक्सक्लुसिभ शोरुम र सर्भिस सेन्टर खोलेको छ ।

बेनेलीले आफ्ना ग्राहकहरूको पहुँच बढाउन नेपालभर विभिन्न स्थानमा शोरुमहरू खोल्ने प्रयास जारी राखेको छ । अहिले नेपालमा बिर्तामोड, दमक, विराटनगर, लहान, कल्याणपुर, गोलबजार, जनकपुर, मलंगवा, छपुर, हेटौंडा, सिमरा, वीरगञ्ज, चितवन, बुटवल, घोराही, नेपालगञ्ज, धनगढी, सुर्खेत, कुपण्डोल, भक्तपुर, गैरीधारा र पोखरा लगायतका २२ वटा शोरुम छन् ।

पोखराको नयाँ शोरुममा घक् सुविधा सम्पन्न रहेको कम् र यहाँ सबै नयाँ बेनेली मोटरसाइकलहरू उपलब्ध हुनेछन् । पोखरामा नयाँ शोरुम खोलेर बेनेलीले आफ्ना ग्राहकहरूलाई थप उपलब्धता र गतिशीलता प्रदान गर्नेमा कम्पनीको विश्वास छ ।

बेनेलीले नयाँ शोरुमको उद्घाटनको उपलक्ष्यमा रु. ३०,००० छुट, एक्सचेन्जमा न्यूनतम मूल्यांकनमा रु. ४०,०००, न्यूनतम डाउन पेमेन्ट रु. ६०,०००, र ५० प्रतिशत डाउन पेमेन्टको साथ फाइनान्सिङमा ०% ब्याजदर प्रदान गर्नेे भएको छ । साथै, विद्यमान ग्राहकहरूका लागि बेनेलीले निःशुल्क वाश, श्रम शुल्कमा ५०% छुट र लुब्रिकेन्टमा १५% छुट समावेश गर्ने सर्भिस क्याम्प सञ्चालन गर्ने भएको छ ।

बेनेली एक इटालियन प्रिमियम मोटरसाइकल ब्रान्ड हो जुन १९९१ मा स्थापित भएको थियो र यसले प्रिमियम, बीग-बोर, स्पोर्टस्, र नेकेड बाइकहरु निर्माण गर्दछ जुन बलियो र स्पोर्टी दुवै छ ।

नेपाली बजारमा टीएनटी १३५, टीएनटी १५, पनेरा १२५, टीएनटी १५० आई, १८० एस, १८० एस नियोन, ३०२ एस, ३०२ एस नियोन, टीआरके २५१, ६०० आई र ७५२ एस मोडलहरु उपलब्ध छन् । यी मोडलहरु नेकेड, कम्युटर, स्कुटर र टुरिङ विधाका हुन् । यी मोटरसाइकलहरू १२५ सीसीदेखि ७५० सीसीसम्मको प्रकारमा उपलब्ध छन् र यिनको मूल्यहरू रु. २,६४,९०० देखि रु. २५,१५,००० सम्म पर्दछ ।