गृहपृष्ठ गल्फ लुब्रिकेन्टको ३ शोरुम उद्घाटन

गल्फ लुब्रिकेन्टको ३ शोरुम उद्घाटन

गल्फ लुब्रिकेन्टको ३ शोरुम उद्घाटन

गल्फ लुब्रिकेन्टका उत्पादक एवं वितरक नेपाल ल्युब आयल लिमिटेडले तीन स्थानमा नयाँ शोरुम उद्घाटन गरेको छ ।

कम्पनीले चन्द्रपुरमा आफ्नो आधिकारक बिक्रेता जैसवाल ट्रेडिङ कन्सर्न, नारायणघाटमा आशीर्वाद अटो ट्रेडिङ र हेटौंडामा आफ्नो आधिकारक बिक्रेता दिव्या बिजनेस कन्सर्नको नया शोरुम उदघाटन गरेको हो । ग्राहकलाई उच्च सेवा प्रदान गर्न र नेपालकै सर्वाधिक बिक्री हुने गल्फ लुब्रिकेन्ट सजिलै उपलब्ध गराउन यो नयाँ शोरुमहरु सञ्चालनमा ल्याएको कम्पनीले जनाएको छ ।

सो शोरुमहरुको उद्घाटन नेपाल ल्युब आयल लिमिटेडका कार्यकारी निर्देशक करण चौधरीले गरेका हुन् । साे अवसरमा बोल्दै चौधरीले भने, ‘गल्फ एक विश्व प्रसिद्ध लुब्रिकेन्ट ब्रान्ड हो र यो नेपालकै सबैभन्दा धेरै बिक्री हुने ब्रान्ड पनि हो। उत्कृष्ट प्रस्तुति र उच्च गुणस्तरका कारण गल्फ लुब्रिकेन्ट नेपाली ग्राहकहरुको माझ निकै लोकप्रिय र विश्वसनीय बनेको हो ।’

नेपाल ल्युब आयल लिमिटेडका महाप्रबन्धक गंगाराज भट्टराईले नयाँ शोरुमहरुबाट सबै गल्फ ब्रान्डको उत्पादनहरु ग्राहकमा उपलब्ध गराउने बताए । ग्राहकले यी शोरुमबाट उच्चस्तरीय लुब्रिकेन्ट प्रयोग गर्न पाउने उनको भनाइ छ ।

गल्फले पहिलेदेखि नै सबैभन्दा ठूलो शोरुमहरुको नेटवर्क सञ्चालन गर्दै आएको बताउँदै उनले आगामी दिनमा नेपालभर शोरुम थप गर्ने बताए ।

प्रकाशित समय : २१:०१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु