गृहपृष्ठ नेपाल स्कटल्याण्डसँग ३ विकेटले पराजित

नेपाल स्कटल्याण्डसँग ३ विकेटले पराजित

नेपाल स्कटल्याण्डसँग ३ विकेटले पराजित

आइसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजमा नेपाल स्कटल्याण्डसँग पराजित भएको छ । नामिबियाको युनाइटेड क्रिकेट क्लब ग्राउन्डमा आइतबार भएको खेलमा नेपाल स्कटल्याण्डसँग तीन विकेटले पराजित भएको हो ।

टस हारेर पहिले व्याटिङ गरेको नेपालले स्कटल्याण्डलाई जितका लागि एक सय ३८ रनको कमजोर लक्ष्य दिएको थियो । स्कटल्याण्डले ३२ ओभर १ बलमा सात विकेटको क्षतिमा लक्ष्य पूरा गर्‍यो। स्कटल्याण्डका क्रिस्टोफर मिकब्राइडले सर्वाधिक ४३ रन बनाए । यस्तै, ब्रेन्डन म्याकमलन ३२, माइकल लिस्कले २२, जर्ज मुन्शेले १७ र म्याथ्यु क्रसले १३ रन बनाए ।

नेपालका ललितनारायण राजवंशी, गुलशन झा र सागर ढकालले समान दुई-दुई विकेट लिए । यसअघि पहिले व्याटिङ गरेको नेपालले ४० ओभर १ बलमा अलआउट हुँदै १३७ रन बनाएको थियो । नेपालका लागि गुलशन झाले २९, ज्ञानेन्द्र मल्लले २५, अर्जुन साउदले १८, कप्तान रोहित पौडेलले १७ र आरिफ शेखले १० रन जोडे पनि अन्य कुनै पनि खेलाडीले दोहोरो अंकको रन जोड्न सकेनन् ।

स्कटल्याण्डका क्रिस सोलले तीन, मार्क वाटले दुई तथा ब्रेन्डन म्याकमलन, शफ्यान शरिफ र माइकल लिस्कले समान एक विकेट लिए ।

यसअघि नेपाल र नामिबियाबीचको पहिलो खेल वर्षाका कारण रद्द भएपछि दुवै टोलीले एक-एक अंक बाँडेका थिए ।

प्रकाशित समय : २०:५१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु