गृहपृष्ठ नेशनल लाइफ इन्स्योरेन्सको लाभांश प्रस्ताव पारित
नेशनल लाइफ इन्स्योरेन्सको लाभांश प्रस्ताव पारित

नेशनल लाइफ इन्स्योरेनस लिमिटेडको ३४औं वार्षिक साधारणसभाले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट चुक्ता पुँजीको १५ प्रतिशत बोनस सेयर जारी गर्ने प्रस्ताव पारित गरेको छ ।
सभाले उक्त बोनस सेयरको कर प्रयोजनसहित तीन करोड १८ लाख ५६ हजार ५१२ रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । त्यस्तै, नियामक निकायले २०७९ चैत्र मसान्तसम्म जीवन बिमा कम्पनीको चुक्ता पुँजी पाँच अर्ब पुर्याउनु पर्ने बाध्यात्मक व्यवस्था गरेको छ ।
पारित भएको बोनस सेयरबाट कम्पनीको चुक्ता पुँजी चार अर्ब ६४ करोड चार लाख ३१ हजार ८७५ पुगेको कम्पनीले बताएको छ । बाँकी रहने चुक्ता पुँजी आगामी दिनमा तोकिएको समयभित्र सहज रूपमा पुग्ने स्थिति रहेको पनि कम्पनीले जनाएको छ ।
प्रकाशित समय : २१:१२ बजे