काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

१५ वर्षपछि माओवादी जुम्लाको इन्चार्जमा नरेश भण्डारी

8.17K
shares

नेकपा माओवादी केन्द्रले पोलिटव्युरो सदस्य नरेश भण्डारीलाई जुम्ला जिल्ला ईन्चार्ज तोकेको छ । कर्णाली प्रदेश इन्चार्ज कालिबहादुर मल्लले जुम्ला इन्चार्जको जिम्मेवारी भण्डारीलाई दिएका हुन् ।

मल्लको हस्ताक्षरित पत्रमा भनिएको छ, ‘नरेश भण्डारीलाई हाम्रो पार्टी माओवादी केन्द्रको विधान २०७८ को दफा (४) अनुसार जिल्ला समन्वय समिति जुम्लाको ईन्चार्जको जिम्मेवारी दिईएको छ ।’

जुम्ला इन्चार्जको जिम्मेवारी आफूले पाएको भण्डारीले पनि जानकारी दिए । पार्टीले १५ वर्षपछि फेरि ईन्चार्जको जिम्मेवारी दिएको जानकारी दिँदै भण्डारीले भने, ‘अब पार्टीमा सबैसँग सहकार्य गरेर अगाडि बढ्नेछु ।’

यसअघि जुम्लामा माओवादी नेता गजेन्द्रबहादुर महत पार्टी ईन्चार्जको रुपमा थिए ।