गृहपृष्ठ बिर्तामोडदेखि कन्यामसम्म अपाचे एओजी राइड सम्पन्न
बिर्तामोडदेखि कन्यामसम्म अपाचे एओजी राइड सम्पन्न
नेपालका लागि टीभीएसको आधिकारिक वितरक कम्पनी जगदम्बा मोटर्सले शनिबार बिर्तामोडदेखि कन्यामसम्म अपाचे ओनर्स ग्रुप (एओजी) राइडको आयोजना गरेको छ ।
३० जना राइडरको सहभागिता रहेको उक्त कार्यक्रममा अपाचे राइडरहरु यात्राको क्रममा विभिन्न मनोरञ्नात्मक गतिविधिहरूमा संलग्न भए, नेपालको प्रसिद्ध पर्यटकीय गन्तव्य कन्यामको अवलोकन गरेर कार्यक्रम आयोजना गरेकोमा खुसी व्यक्त गर्दै टीभीएसको प्रशंसा पनि गरे ।
टीभीएसले काठमाडौं, कोशी, गण्डकी, लुम्बिनी, नारायणी लगायत देशका विभिन्न स्थानमा एओजी राइड कार्यक्रम आयोजना गरेको छ । अत्यधिक रुचाइएको यो अभियान नेपालका अन्य क्षेत्रमा पनि आयोजना गर्ने योजना रहेको कम्पनीले जनाएको छ । राइडका एक सहभागी तथा भ्लगर अनुप श्रेष्ठले भने, ‘ टीभीएसले पहिला पटक पूर्वी नेपालमा यस्तो राइडको आयोजना गरेको छ । जगदम्बा मोटर्सलाई पूर्वी नेपालमा बाइकरहरुको समुदाय बनाएर हामीलाई बाइकिङ प्रविधि सिक्ने मौका दिएकोमा धन्यवाद दिन चाहन्छाैं ।’
उनले थपे, ‘हामीले फेसबुक र भाइबरका एओजी राइडर्स नेपाल समूहमा पनि सामेल भयौं जसले हामीलाई आगामी दिनहरुमा टीभीएसले आयोजना गर्ने राइड तथा कार्यक्रमहरूको बारेमा अपडेट राख्नेछ । यसले हामीलाई भविष्यमा पनि यस प्रकारका कार्यक्रमहरूमा भाग लिन उत्सुक बनाएको छ ।’ टीभीएसका प्रमुख मार्शल गौरवले सम्पूर्ण कार्यक्रमको अनुगमन गरेका थिए भने सञ्जेश बुढाथोकीले उक्त कार्यक्रमको नेतृत्व गरेका थिए ।

एओजी, अपाचे बाइक भएका राइडरहरूको समुदाय हो, जुन मोटरसाइकलप्रति उनीहरुको प्रेम, जोस र लगाव बाड्ने एउटा साझा प्लेटफर्म हो । भारत तथा अन्य राष्ट्रहरूका अपाचे राइडरहरुले बनेको यस समुदायले सम्पूर्ण राइडरहरुलाई एकजुट बनाएर विभिन्न कार्यक्रम तथा साहसिक खेलहरुमा संलग्न गराउँछ ।
जगदम्बा मोटर्स प्रालि नेपालमा टीभीएसका दुईपांग्रे सवारी साधनका लागि एक मात्र आधिकारिक वितरक हो । कम्पनीको नेपालभर १४० भन्दा बढी डिलरहरुको बलियो राष्ट्रव्यापी वितरण सञ्जाल रहेको छ ।
प्रकाशित समय : १३:४४ बजे



















