nmb bank

गृहपृष्ठ उदयपुरमा ९ दलले गरे पुन: मतदानको माग

उदयपुरमा ९ दलले गरे पुन: मतदानको माग

उदयपुरमा ९ दलले गरे पुन: मतदानको माग

उदयपुरको प्रतिनिधि सभा निर्वाचन क्षेत्र १ को मतगणता भइरहेको समयमा आइतबार बिहान प्रदेश सभाको मतपत्र प्रतिनिधि सभाको मतपेटिका भेटिएपछि धाँधली भएको भन्दै नेकपा एमाले लगायत ९ दलले पुन: मतदान गर्न माग गरेको छ ।

नेकपा एमाले लगायतका दलले पुन: मतदानको माग राखेको हो । प्रदेशको प्रत्यक्ष तर्फको १ सय मतपत्र प्रतिनिधि सभा तर्फको मत गणनामा फेला पारेपछि धाँधली भएको भन्दै एमालेलगायत ९ दलले पुन: मतदानको माग गरेको हो । असन्तुष्टी पक्ष लगायतको बैठक बसी नागरिकहरुको निष्पक्ष मतदान गर्ने अधिकार हनन् भएको भन्दै पुन मतदानको माग राखेको जनाएको छ ।

प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर १ तथा प्रदेश सभा निर्वाचन क्षेत्र १ (१) र १ (२) मा खसेको मत भन्दा बढी मत भेटिएको भन्दै निर्वाचन अधिकृतको हस्ताक्षर र मतपत्रमा छाप लगाएको एक मुष्ठ १ सय मतपत्र मतगणना गर्दा फेला परेको हुँदा धाँधली भएको आरोप लगाएका छन । एमाले नेता तथा प्रदेश सभा सदस्य उम्मेदवार समेत रहेका ईश्वरमणी राउतले मतदानको क्रममा जुन ठाउँमा धाँधली भएको हो त्यस ठाउँमा निष्पक्ष मतदान हुनुपर्ने माग गरेका छन् । प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन क्षेत्र १(१) र १(२) को सबै प्रक्रिया रद्ध गरी पुन: मतदानको प्रक्रिया अगाडी बढाउनु पर्ने माग राखेका छन् । यता गठबन्धनले भने फेला परेको मतपत्र रद्ध गरी सोही स्थगित मत गणना जारी राख्नु पर्नेमा जोड दिएको छ ।

प्रतिनिधि सभा निर्वाचन क्षेत्र १ को मतगणता भइरहेको समयमा आइतबार बिहान प्रदेश सभाको मतपत्र प्रतिनिधि सभाको मतपेटिकामा भेटिएपछि विवाद हुँदा मत गणना स्थगित भएको थियो । साता दिनदेखि जारी मतगगणना प्रतिनिधि सभाको मतपेटिकामा प्रदेश सभाको मतपत्र भेटिएपछि विवाद भएको हो । आइतबार खोलिएका १० वटा प्रतिनिधि सभाको मतपेटिकामा १ सय हाराहारी मत पत्र प्रदेश सभाको भेटिएको थियो । गणना स्थगित पछि पटक-पटक सर्वदलीय बैठकमार्फत समाधान खोज्ने प्रयास भएता पनि निश्कर्ष निस्किएको छैन ।

प्रकाशित समय : २१:५२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु