गृहपृष्ठ एमाले महासचिव शंकर पोखरेल माओवादीकी रेखा शर्मासँग पराजित
एमाले महासचिव शंकर पोखरेल माओवादीकी रेखा शर्मासँग पराजित
दाङ क्षेत्र नंं. २ बाट प्रतिनिधि सभा सदस्यमा नेकपा एमालेका महासचिव शंकर पोखरेल पराजित बनेका छन् । करिब दुई सय मतान्तरले पोखरेललाई हराउँदै गठबन्धनतर्फका उम्मेदवार बनेकी नेकपा माओवादी केन्द्रकी रेखा शर्मा निर्वाचित भएकी छिन् ।
उनी १९६ मतान्तरले निर्वाचित भएकी हुन् । उनले २६ हजार ८ सय ७७ मत प्राप्त गरेर निर्वाचित भएकी छन् भने उनका प्रतिस्पर्धी एमालेका महासचिव पोखरेलले २६ हजार ६ सय ८१ मत प्राप्त गरेका छन् ।
जम्मा ७९ हजार ४ सय ४६ मत खसेको थियो । निर्वाचनमा रेखाको यो पहिलो प्रत्यक्ष प्रतिस्पर्धा हो ।
प्रकाशित समय : ११:०६ बजे



















