गृहपृष्ठ चितवनमा हारको प्रक्षेपणपछि ‘सेवर सट’को खोजी गरेका प्रचण्डलाई गोरखा दुईले जितायो
चितवनमा हारको प्रक्षेपणपछि ‘सेवर सट’को खोजी गरेका प्रचण्डलाई गोरखा दुईले जितायो

प्रतिनिधिसभा गोरखा क्षेत्र नम्बर २ मा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारी मतान्तरले विजयी भएका छन् । २६ हजार १ सय ३ मतसहित दाहाल विजयी बनेका हुन् ।
उनका निकटतम् प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टीका कवीन्द्र बुर्लाकोटीले १२ हजार ६ सय ३७ मत ल्याएर पराजित बने । नेकपा एमालेका अब्दुस मिँयाले भने ७ हजार ३ सय ९३ मत प्राप्त गरेका छन् । दाहाल विजयी बने पनि निर्वाचन अधिकृतको कार्यालयले आधिकारिक घोषणा भने गरिसकेको छैन ।
गोरखा–२ मा ५४ हजार ३१ मत खसेको थियो । त्यसमध्ये ५० हजार ९ सय ७ सदर र ३ हजार १ सय २४ बदर भएको थियो ।
यसअघि चितवन ३ बाट चुनाव लड्दै आएका प्रचण्ड यसपाली गोरखा २ पुगेर चुनाव लडेका थिए । चितवनमा आफुले हार्ने पूर्वप्रक्षेपण प्रचण्डले गरेका थिए । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने प्रचण्डसँग भिड्नकै लागि चितवन ३ गएका थिए । तर ‘सेवर सट’को खोजीमा रहेका प्रचण्ड अन्तिम समय गोरखा गएर निर्वाचित भए । यता प्रचण्ड गोरखा पुगेपछि चितवन २ बाट चुनाव लडेका लामिछाने भारी मतान्तरसहित विजयी हुँदैछन् ।
प्रचण्ड चौथो पटक विजयी
०६४ मा रोल्पा र काठमाडौं १० बाट विजयी भएका उनी ०७० मा सिरहा ५ बाट विजयी भएका थिए । ०७४ मा चितवनबाट निर्वाचित भएका प्रचचण्ड यसपटक गोरखा २ बाट विजयी भएका हुन् ।
प्रकाशित समय : ०८:३६ बजे