गृहपृष्ठ बल्ल सिमकोट ल्याइयो मतपेटिका

बल्ल सिमकोट ल्याइयो मतपेटिका

बल्ल सिमकोट ल्याइयो मतपेटिका

हुम्लामा निर्वाचन सकिएको चार दिनपछि मतपेटिका सदरमुकाम ल्याइएको छ । सर्केगाड गाउँपालिकाको केन्द्रमा थन्किएको १३४ मतपेटिका आज नेपाली सेनाको हेलिकप्टरबाट सदमुकाम सिमकोट पुर्‍याइएको हो ।

प्रदेशसभा १ का ३४ वटा मतदान केन्द्रको मतपेटिका हेलिकप्टरबाट सदमरमुकाम सिमकोट ल्याइपुर्‍याएको जिल्ला निर्वाचन कार्यालय हुम्लाका निमित्त निर्वाचन अधिकारी श्यामबहादुर रानाले जानकारी दिए । सबै केन्द्रका मतपेटिका संकलन भइसकेकोले आजै दिउँसो सर्वदलीय बैठक बस्ने तयारी गरिएको छ ।

प्रकाशित समय : १४:३५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु