काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

ललितपुर–१ मा कांग्रेस नेता उदयशम्शेर विजयी

8.27K
shares

ललितपुर–१ बाट प्रतिनिधिसभामा नेपाली कांग्रेसका उम्मेदवार उदयशम्शेर राणाले जित हासिल गरेका छन् । गठबन्धनका तर्फबाट कांग्रेसका उम्मेदवार राणाले नेकपा (एमाले)का उम्मेदवार नवराज सिलवाललाई ४ हजार ६ सय १४ मतान्तरले पछि पार्दै प्रतिनिधिसभा सदस्यमा विजयी भएका हुन् ।

राणाले २३ हजार ८ सय ९२ मत प्राप्त गरेका छन् भने उनका प्रतिस्पर्धी एमालेका सिलवालले १९ हजार २ सय ७८ मत प्राप्त गरेका छन् ।

यसअघि विसं २०७४ पनि प्रतिनिधिसभाका लागि राणा र सिलवाल नै प्रतिस्पर्धामा थिए । २०७४ मा यस क्षेत्रबाट सिलवालले २६ हजार ९ सय ५१ मत प्राप्त गरी प्रतिनिधिसभामा जित हासिल गर्दा राणाले २० हजार ७ सय २९ मत प्राप्त गरेका थिए ।

त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका डा सचिन घिमिरेले ३ हजार २ सय ७७, राष्ट्रिय प्रजातन्त्र पार्टीका सन्दीप आचार्यले १ हजार ६ सय ४१ मत प्राप्त गरे ।

कुल ७४ हजार ३ सय ९७ मतदाता रहेको यस क्षेत्रमा ५० हजार ७ सय ७३ मत खसेको थियो । खसेको मतमध्ये १ हजार ८ सय २ मत बदर भएको छ भने ४८ हजार सात सय ८१ मत सदर भएको छ ।