काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

काठमाडौ ५ मा प्रदीप र ईश्वरबीच २८ सय २६ को मतान्तर

7.56K
shares

काठमाडौं ५ मा अहिलेसम्म २८ हजार ७३ मतगणना भएको छ । यो क्षेत्रमा ७० हजार नौ सय १९ मतदाता रहेकोमा निर्वाचनमा ४५ हजार नौ सय ९७ मत खसेको थियो ।

हालसम्म यो क्षेत्रमा नेपाली कांग्रेसका उम्मेदवार प्रदीप पौडेलले लिड गरिरहेका छन् । उनले एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई २८ सय २६ मतान्तरले पछाडि पारेका छन् ।

पौडेलले नौ हजार एक सय ९६ र पोखरेलले ६ हजार तीन सय ७० मत पाएका छन् । अब १७ हजार मत गन्न बाँकी छ । चुनावी मैदानमा १४ स्वतन्त्रसहित २९ जना रहेका छन् ।