global ime bank Long Banner Ad

गृहपृष्ठ विश्व इतिहासमा आजः गुयानामा सामूहिक आत्महत्यादेखि पानामा नहर क्षेत्रमा सम्झौता

विश्व इतिहासमा आजः गुयानामा सामूहिक आत्महत्यादेखि पानामा नहर क्षेत्रमा सम्झौता

विश्व इतिहासमा आजः गुयानामा सामूहिक आत्महत्यादेखि पानामा नहर क्षेत्रमा सम्झौता

आज १८ नोभेम्बर । आज विश्व इतिहासमा केही राजनीतिक तथा सामाजिक घटनाक्रम विकसित भएका थिए । प्रस्तुत छ विश्व इतिहासमा आज भएका केही एतिहासिक विश्व घटनाः

सन् १९७८ मा सामूहिक आत्महत्या

सन् १९७८ मा गुयानामा पिपुल्स टेम्पलका तत्कालिन प्रमुख जिम जोन्सको आग्रहमा टेम्पलका ९०० सदस्यहरुले सामूहिक आत्महत्या गरेका थिए । सन् १०५० को मध्यतिर इन्डियानमा स्थापना भएको सो टेम्पलका सदस्यहरु सन् १९७४ मा गियाना पुगेर जर्जटाउनबाहिर एउटा वस्ती बसालेका थिए । उनीहरुले बस्ती बसालेको ठाँउलाई जोन्स टाउन भनिन्छ ।

सोम्मी युद्ध

सन् १९१६ मा सोम युद्ध समाप्त भएको थियो । प्रथम विश्वयुद्धको समयमा ब्रिटीश र फ्रान्सको गठबन्धन फौजले जर्मनीको फौजविरुद्ध लडेको थियो । २० औं शताब्दीकै रक्तपातपूर्ण सो युद्ध सन् १९१६ को १ जुलाईमा सुरु भएको थियो । सो युद्ध फ्रान्सको सोम्मी नदीको किनारमा भएको थियो ।

पानामा र अमेरिकाबीच हस्ताक्षर

सन् १९०३ मा पानामा नहर क्षेत्र बारे पानामा र अमेरिकाबीच सम्झौता भएको थियो । सन् १९७९ सम्म सो नहर अमेरिकी क्षेत्र थियो । फ्रान्सले सन् १८८१ मा पानमा नहर बनाउन सुरु गरेको थियो । तर, प्राविधिक समस्यापछि सो कार्य रोकेको थियो । सन् १९०४ मा अमेरिकाले नहर निर्माणको जिम्मा पाएको थियो । सन् १९१४ मा निर्माण सम्पन्न भएको थियो ।

अमेरिकामा पुस बटन फोन सुरु

सन् १९६३ मा अमेरिकामा पहिलो पटक पुस बटन (टच टोन) टेलिफोन सुरु भएको थियो । यो फोनले रोटरी डायल मोडललाई विस्थापित गरेको थियो ।

प्रकाशित समय : ०८:३६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु