गृहपृष्ठ भोजपुरमा प्रचण्डलाई लक्षित गरी बम विस्फोट, एक जना पक्राउ
भोजपुरमा प्रचण्डलाई लक्षित गरी बम विस्फोट, एक जना पक्राउ
भोजपुर । भाेजपुरमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई लक्षित गरी बम विस्फोट गराइएकाे छ ।
प्रचण्ड’ सहभागी कार्यक्रमस्थल नजिकै बम विस्फोट भएको जिल्ला प्रहरी कार्यालय भाेजपुरले जनाएकाे छ ।
तिवारी भन्ज्याङ भन्ने स्थानमा प्रचण्ड सहभागी चुनावी कार्यक्रमस्थल नजिकै बम विस्फोट भएपछि प्रहरीले सुरक्षा सतर्कता बढाएकाे छ ।
बुधबार प्रचण्ड प्रदेश १ का विभिन्न स्थानमा आयोजित कार्यक्रममा सहभागी हुने क्रममा भोजपुर पुगेका थिए।
बम कुन हो र विस्फोट गराउने को हुन् भन्नेबारे थप जानकारी आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार बम विस्फोट भएपनि कुनै मानवीय क्षति भने भएको छैन ।
प्रहरीले बम विस्फोटमा संलग्न रहेको आशंकामा एक जनालाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ ।
प्रकाशित समय : १६:०८ बजे

















