काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

भक्तपुरमा आगलागीले घर जल्दा एक जनाको मृत्यु

6.97K
shares

भक्तपुर । भक्तपुरको मध्यपुर थिमि नगरपालिका-६ राईटोलको एउटा घरमा बुधबार आगलागीमा परी एकजनाको मृत्यु भएको छ ।

आत्माराम केसी र हरिशरण केसीको इँटा र काठले बनेको तीन तल्ले कच्ची घरमा अचानक आगलागी हुँंदा सोही घरमा बस्ने २५ वर्षकी अस्मिता केसीको मृत्यु भएको प्रहरीले जनाएको छ । उनी सुस्त मनस्थिति र प्यारालाइसिस रोगबाट ग्रस्त थिइन् ।

घटनामा परी सोही घरकी १४ की नित्मा केसी घाइते भएकी र उनलाई नजिकैको कोरियन अस्पतालमा लगेको र उपचारपछि डिस्चार्ज भएको भएको प्रहरीले जनाएको छ ।

खबर प्राप्त हुनासाथ नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी बल, भक्तपुरबाट दुईवटा दमकलको सहायताले आगलागी नियन्त्रणमा लिइएको छ ।