global ime bank Long Banner Ad

गृहपृष्ठ पेरिस विमानस्थलमा १८ वर्षदेखि बसेका इरानीको मृत्यु

पेरिस विमानस्थलमा १८ वर्षदेखि बसेका इरानीको मृत्यु

पेरिस विमानस्थलमा १८ वर्षदेखि बसेका इरानीको मृत्यु

पेरिसको विमानस्थलमा १८ वर्षदेखि बसेका एक इरानी नागरिकको मृत्यु भएको छ । कूटनीतिक रूपमा फसेका मेहरान करीमी नासेरीले सन् १९८८ मा रोइसी चार्ल्स डे गौले एयरपोर्टको सानो क्षेत्रलाई आफ्नो घर सम्झे ।

सन् १९४५ मा इरानी प्रान्त खुजेस्तानमा जन्मिएका उनी आमाको खोजीमा युरोप उडेका थिए । आप्रावासनसम्बन्धी सही कागजात नभएको भन्दै उनलाई बेलायत, नेदरल्यान्ड्, जर्मनीबाट निकाला गरेपछि उनी केही वर्ष बेल्जियममा बिताए ।

त्यसपछि उनी फ्रान्स पुगे जहाँ उनले विमानस्थलको २ एफ टर्मिनललाई घर सम्झे । उनको अनुभवले टम ह्यान्क्स अभिनित सन् २००४ को फिल्म द टर्मिनललाई प्रेरित गर्‍यो ।

नासेरीलाई अन्ततः फ्रान्समा बस्ने अधिकार दिइएको थियो । तर, उनी केही हप्ताअघि विमानस्थलमा फर्किए, जहाँ उनको प्राकृतिक कारणले मृत्यु भएको विमानस्थलका एक अधिकारीले बताए ।

प्रकाशित समय : १५:२८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु