काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

इंग्ल्यान्डले टस जित्यो, ब्याटिङ गर्दै पाकिस्तान

8.21K
shares

आइसीसी टी-२० विश्वकपको फाइनलमा इंग्ल्यान्डले पाकिस्तानविरुद्ध टस जितेर फिल्डिङ गर्ने भएको छ । मेलबर्न क्रिकेट मैदानमा टस हारेको पाकिस्तानले सुरुवाती ब्याटिङ गर्ने भएको हो ।

इंग्ल्यान्डले सेमिफाइनलमा भारतलाई १० विकेटले हराएको थियो । पाकिस्तानले न्युजिल्यान्डलाई सात विकेटले हराउँदै फाइलनमा स्थान बनाएको हाे ।

बाबर आजमको कप्तानीमा रहेको पाकिस्तान दोस्रो पटक उपाधि जित्ने योजनामा रहेको छ । पाकिस्तानले सन् २००९ मा टी-२० विश्वकप क्रिकेटको उपाधि जितेको थियो ।

इंग्ल्यान्ड पनि दोस्रो पटक उपाधि जित्ने लक्ष्यमा रहेको छ । सन् २०१० को विजेता इंग्ल्यान्ड सन् २०१६ को फाइनलमा वेस्ट इन्डिजसँग निराश भएको थियो ।

प्लेइङ ११

इंग्ल्यान्ड – जस बटलर(कप्तान/विकेटकिपर), एलेक्स हेल्स, फिलिप साल्ट, बेन स्टोक्स, ह्यारी ब्रुक, लियाम लिभिङस्टोन, मोईन अली, साम करन, क्रिस जोर्डन, क्रिस वोक्स र आदिल राशिद ।

पाकिस्तान – मोहम्मद रिजवान (विकेटकिपर), बाबर आजम (कप्तान), मोहम्मद हरिस, शान मसुद, इफ्तिखार अहमद, शादब खान, मोहम्मद नवाज, मोहम्मद वासिम जुनियर, नसिम शाह, हरिस रौफ र शाहिन शाह अफ्रिदी ।