global ime bank Long Banner Ad

गृहपृष्ठ कुमारी बैंक र ‘द हिमालयन गृल बाइ बाजेको’बीच सम्झौता

कुमारी बैंक र ‘द हिमालयन गृल बाइ बाजेको’बीच सम्झौता

कुमारी बैंक र ‘द हिमालयन गृल बाइ बाजेको’बीच सम्झौता

कुमारी बैंक लिमिटेड र टोखास्थित ‘द हिमालयन गृल बाइ बाजेको’बीच आफ्ना ग्राहकलाई सेवाहरुमा कुमारी बैंकका डेबिट/क्रेडिट कार्ड वा क्युआरमार्फत भुक्तानी गर्दा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ ।

‘द हिमालयन गृल बाइ बाजेको’को तर्फबाट सञ्चालक मौसम कुमार श्रेष्ठ र कुमारी बैंक लिमिटेडको तर्फबाट रिटेल बैंकिङ प्रमुख अन्जना मिश्रले हस्ताक्षार गरेका छन् । डिजिटल कारोबारमा ग्राहकहरू आकर्षित भइरहेको कुरालाई मध्यनजर गर्दै आफ्नो डिजिटल कारोबारमा ग्राहकहरूलाई प्रोत्साहन गर्नका निमित्त यस सहकार्य गरेको बैंकले जनाएको छ । यस सहकार्यपश्चात् कुमारी बैंकका डेबिट/क्रेडिट कार्ड वाहकहरु वा क्यूआर प्रयोगकर्ताहरुले ‘द हिमालयन गृल बाइ बाजेको’को टोखा आउटलेटमा विभिन्न सेवा सुविधाको शुल्कमा १५ प्रतिशतसम्मको आकर्षक छुट प्राप्त गर्न सक्नेछन् ।

कुमारी बैंकले आफ्ना देशव्यापी १९९ शाखा सञ्जाल, १९५ एटीएम, ५९ शाखारहित बैंकिङ इकाई तथा ३४ एक्स्टेनसन काउन्टरबाट अत्याधुनिक बैंकिङ सुविधा दिँदै आएकोे र आगामी दिनहरुमा अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरु गर्दै जाने प्रतिबद्धता जनाएको छ ।

प्रकाशित समय : १५:१३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु