गृहपृष्ठ क्रिकेटको नयाँ कप्तान बने रोहित
क्रिकेटको नयाँ कप्तान बने रोहित
नेपाल क्रिकेट संघ (क्यान)ले रोहित पौडेललाई नेपाली राष्ट्रिय क्रिकेट टोलीको नयाँ कप्तानमा नियुक्त गरेको छ । क्यानले उपकप्तान रोहितलाई कप्तानमा नियुक्त गरेको हो । तत्कालिन कप्तान सन्दिप लामिछानेमाथि नाबालिक बलात्कारको आरोपमा मुद्दा परेसँगै क्यानले उनलाई राष्ट्रिय टोलीसँगै कप्तानबाट समेत बर्खास्त गरेको थियो । हाल सन्दीप पुर्पक्षका लागि केन्द्रिय कारागार सुन्धारामा छन् ।
रोहितले सन् २०१८ अगस्ट ३ मा नेदरल्यान्ड्सविरुद्धको खेलसँगै नेपाली राष्ट्रिय क्रिकेट टोलीबाट एक दिवसीय क्रिकेटमा डेब्यु गरेका थिए । रोहितले सन् २०१९ जनवरी ३१ मा युएईविरुद्धको खेलसँगै अन्तर्राष्ट्रिय ट्वान्टी–२० खेलमा डेब्यु गरेका थिए ।
उनले नेपालबाट १९ एक दिवसीय खेलमा सात सय पाँच रन बनाएका छन् भने १६ ट्वान्टी–२० खेलमा दुई सय २० रन जोडेका छन् ।
रोहितको कप्तानीमा नेपालले घरेलु मैदानमा युएईविरुद्धको तीन एक दिवसीय शृंखला खेल्नेछ ।
प्रकाशित समय : ०८:११ बजे



















